सुचना ! सुचना !! सुचना !!! यस अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिको २१ औ वार्षिक साधारण सभा तपशिल अनुसारको मिति,स्थान र समयमा हुने भएको हुदा सम्पूर्ण शेयर सदस्यहरुलाई जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ । साथै शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरी उक्त दिन विहान ९ ः०० वजे देखी नै उपस्थिति पुस्तिका खुल्ला गरिने व्यवस्था गरिएको छ र अन्य सुचना वाट कुनै कारणले खबर प्राप्त हुन नसकेमा यसै सुचनालाई आधार मानी यस संस्थाको २१ औ वार्षिक साधारण सभामा सम्पूर्ण शेयर सदस्यहरुलाई उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछौं । मिति ः २०७५ असोज ६ गते शनिवार स्थान ः संगम पार्टी प्यालेस गठ्ठाघर, काठ्माण्डौ जाने वस स्टप संगै (गत वर्षकै साधारण सभा स्थल) समय ः विहान १० ः०० वजे*********************Wel come to visit our web site. To Know Recent Information Type Annapurna And Send 4455
  • बिश्वमा सहकारीको इतिहास
  • नेपालमा सहकारीको इतिहास
  • सहकारीका सिद्धान्तहरु
  • हाम्रो परिचय
The cooperative movement had its origin in Great Britain early in the 19th century. The first consumer cooperative called "Rochdale Society of equitable pioneers had established on 21 December 1844 from the Great Britain under the leadership of Robert Owen. The cooperative had started by 28 workers collecting 28 pounds. First saving and credit cooperative was established in Germany in 1849 A.D. Franj Shulely and F.W Refresion one consider as father of saving and credit cooperative. Agricultural cooperative was started from Denmark on 1869 A.D. The poultry and Danish Retailor cooperatives were established in 1895 and 1896 A.D. respectively. Denmark is also considered as land of cooperative. Although, Israel was established on 35 may 1948, the cooperative movement was stared from 1890 A.D. in the form Agriculture cooperative Committee. The committee had considered the concept of group cultivation. The first cooperative in Japan was established in 1869 A.D. in the form of consumer cooperative. About 5690 Agricultural cooperatives were established from 1898 to 1909 A.D. The central cooperative bank was established in 1923 A.D. The cooperative movement in China had started in 1912. Agriculture Cooperative Commission was started in 1949 and about seven and half hundred thousands were included by 1950 A.D. The cooperative movement in India in 1904 by enacting cooperative act.Now the International cooperative alliance (ICA) is working as common federation for all cooperatives around the world. The ICA general assembly held on 23rd December 1995 in Manchester adopted the new principles of cooperatives recommended by ICA board of directors and ICA congress.
सहकारीताकोर् इतिहास नेपाली समाजमा धेरै पहिले देखि कायम भएको देखिन्छ । ढिकुटी, पर्म तथा गुठीको रुपमा संचालित पर्ूव सहकारीका स्वरुपहरु तत्कालिन अवस्थामा नेपाली समाजमा प्रचलित थिए । यिनै पर्ूव सहकारीहरुलाई संस्थागत स्वरुप दिदै सहकारी प्रणालीलाई आर्थिक तथा सामाजिक विकासको आधारको रुपमा विकास गर्ने र ग्रामिण विकासको उपयुक्त र प्रभावकारी माध्यमको रुपमा सहकारी प्रणालीलाई उपयोग गर्ने अन्तर्रर्ााट्रय प्रयासलाई नेपालमा समेत आत्मसात गर्ने क्रममा वि.सं. २०१० सालमा तत्कालिन योजना, विकास तथा कृषि मन्त्रालय अर्न्तगत सहकारी विभागको स्थापना भयो । सहकारी विभागको स्थापना पछि तत्कालिन श्री ५ को सरकारले सहकारी संघ/संस्थाहरुको स्थापना र संचालन सम्वन्धी कार्य गर्न वि.सं. २०१३ मा कार्यकारी आदेश जारी गर्‍यो । उक्त आदेशले दिएको अधिकार अर्न्तगत रहि चितवनको वखानपुरमा वि.सं. २०१३ चैत्र २० गते नेपालमा पहिलो पटक पाँचवटा सहकारी संस्थाको स्थापना भयो । उक्त निर्देशिका पछि जारी भएका सहकारी संघ/संस्था ऐन- २०१६ तथा नियमावली( २०१८ तथा साझा संस्था ऐन २०४१ बमोजिम सहकारी विभागले सहकारी संघ/संस्थाहरुको दर्ता, नियमन तथा पर््रवर्द्धन लगायतका कार्यहरु गर्दै आएको थियो । नेपालमा २०१३ साल चैत २० गते पहिलो सहकारी स्थापना भएको स्मरण गर्दै २०५१ साल देखी हरेक बर्ष चैत २० गते सहकारी दिवसका रुपमा मनाउँदै आईरहेका छौ ।
१ परिभाषा ः
         सहकारी संस्था सयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यवसाय
         माफ्त आफ्ना साझा आर्थिक,सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्ष्ाँहरु
         पदपूर्ति गर्न स्वेच्छिक रुपमा एकजुट हुने ब्यक्तिहरुको स्वायत्त संगठन हो ।
         
२ मूल्य ः
         सहकारी संस्थाहरु स्वावलम्बन,स्व–उत्तरदायी,प्रजातान्त्रिक,समानता, न्याय
         र ऐक्यबद्धता मूल्यरुपमा आधारित छन् । आफ्ना संस्थापकहरुको परम्परामा सहकारी
         संस्थाका सदस्यहरुले इमान्दारिता,खुलापन,सामाजिक दायित्व र अरुको चासो राख्ने
         नैतिक मूल्यहरुमा विश्वास राख्छन् ।

३ सिद्धान्त ः
        सहकारी सिद्धान्तहरु सहकारी संस्थाहरुद्धारा आफ्ना मूल्यहरुलाई उतार्ने
        मार्गदर्शनहरु हुन् ।

क) पहिलो सिद्धान्त ः स्वेच्छिक तथा खुला सदस्यता

    सहकारी संस्थाहरु स्वेच्छिक सगंठन हुन् । यी सस्थाहरुबाट प्राप्तहुने सेवा उपयोग गर्न 
    सक्ने र दस्यताको जिम्मेवारी बहन गर्नसक्ने सबै व्यक्तिहरुको लागि सदस्यता खुल्ला 
    रहन्छ । यी संस्थाहरुमा प्रवाह गर्ने सेवा उपयोग गर्न सक्ने र सदस्यताको जिम्मेवारी 
    बहन गर्न सक्ने सबै व्यक्तिहरुको लागि सदस्यता खुल्ला रहन्छ । यी संस्थाहरुमा लिङ्ग, 
    सामाजिक, जातीय,राजनैतिक वा धार्मिक भेदभाव रहदैन ।

ख) दास्रो सिद्धान्त ः सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण

    सहकारी संस्थाहरु आफ्ना सदस्यद्धारा नियन्त्रित प्रजातान्त्रिक संगठन हुन् । यी संस्थाका
    सदस्यहरु आफ्नो सस्थाको नीति तय गर्न र निर्णय गर्नमा सक्रियरुपमा सहभागी बन्छन् ।
    निर्वाचित प्रतिनिधिको रुपमा सेवा गर्ने महिला तथा पुरुषहरु आफ्ना संस्थाका सदस्यहरु
    प्रति उत्तरदायी हुन्छन् । प्रारम्भिक संस्थाहरुमा एक व्यक्ति एक मतको आधारमा सदस्यहरुको
    समान मताधिकार हुन्छ भने अँय तहका सहकारी संस्थाहरु पनि प्रजातान्त्रिक आधारमा गठन
    गरिन्छ ।

ग) तेस्रो सिद्धान्त ः सदस्यहरुको आर्थिक सहभागीता

    सहकारी संस्थाका सदस्यहरु आफ्नो संस्थाको पूँजीमा न्यायिक रुपमा सहभागी हुन्छन् 
    र यस पूजी माथि नियन्त्रण राख्छन् । कम्तिमा खास गरी यस पूँजीको केही भाग सहकारी 
    संस्थाको साझा सम्पत्ति हुन्छ । यस संस्थामा बचत नाफा भएमा सदस्यहरुले आफ्नो
    सदस्यताको लागि चुक्ता गरेको शेयर पूँजीमा सिमित बचत फिर्ता पाउँछन् । यी
    सदस्यहरुले निम्न केहि वा सबै उद्देश्य प्राप्तिका लागि बचत रकम छुट्टयाउँछन् ।
        १) आफ्नो संस्थाको बिकास गर्न ।
        २) कम्तीमा अभिभाज्य हुने गरी जगेडा कोष खडा गर्न ।
        ३) संस्थासग आफ्नो कारोबारको अनुपातमा सदस्यहरुलाई लाभ पु–याउन र
        ४) सदस्यहरुद्धारा स्वीकृत अन्य कार्यहरुमा सघाउन ।

घ) चौथो सिद्धान्त ः स्वायत्तता र स्वतन्त्रता

    सहकारी संस्थाहरु आफ्ना सदस्यहरुद्धारा नियन्त्रित स्वायत्त तथा स्वापलम्बी 
    संगठनहरु हुन् । यी सदस्यहरुले वाह्य स्रोतबाट पूजी संकलन गर्न सरकार लगायत
    अन्य संगठनहरुसग सम्झौता गर्दा यी संस्थाहरु आफ्ना सदस्यहरुद्धारा 
    प्रजातान्त्रिक नियन्त्रण तथा आफ्ना स्वायत्तता कायम राख्न सक्ने शर्तमा 
    विश्वस्त हुनुपर्छ ।

ङ) पाँचौ सिद्धान्त ः शिक्षा, तालीम र सूचना

    सहकारी संस्थाहरुले आफ्नो बिकासमा प्रभावकारी रुपमा योगदान दिन सकोस् भनी 
    आफ्ना साधारण सदस्य,निर्वाचित प्रतिनिधि, व्यवस्थापक र अन्य कर्मचारीहरुलाई
    शिक्षा तथा तालिम उपलब्ध गराउछन् । यी संस्थाहरुले सहकारीताको प्रकृति तथा
    लाभवारे सामान्य जनता खास गरेर लरुण पुस्ता र वैचारिक अगुवाहरुलाई सुसूचित
    गर्छन् ।

च) छैठौ सिद्धान्त ः सहकारी संस्थाहरुकाबीच सहयोग

    सहकारी संस्थाहरुले अति प्रभावकारी रुपमा आफ्ना सदस्यहरुलाई सेवा पु–याई
    स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय संरचनाहरुमा सहभागी भएर
    सहकारी आन्दोलनलाई सुदुढ गर्छन् ।

छ) सातौ सिद्धान्त ः समूदायप्रति चासो

    सहकारी संस्थाहरुले आफुहरुद्धारा निर्धारीत नीतिको आधारमा आफ्ना सदस्यहरुको 
    दिगो बिकासका लागि कार्य गर्छन् ।
अन्नपूर्ण वहुमुखी सहकारी संस्था लि. सहकारी ऐन २०४८ वमोजिम तत्कालीन जिल्ला सहकारी कार्यालय,भक्तपुरमा मिति २०५४।५।१२ गते दर्ता भै स्थापना भएको सहकारी संस्था हो । यो संस्था सहकारीको सिद्धान्त तथा स्थापीत मुल्य र मान्यताका आधारमा सञ्चालीत सहकारी संस्था हो । संस्थाको कार्यक्षेत्र भक्तपुर जिल्लाभर रहेको छ । उदेश्यका हिसाबले यो संस्था वहुमुखी संस्था हो । विशेष गरी कृषि र कृषि उत्पादनको वजारीकरण तथा प्रशोधन संस्थाको प्रमुख उदेश्य रहेको छ । यसका साथै सदस्यहरुलाई नियमित वचतमा बानी पार्ने उदेश्यले वचत तथा ऋणको कार्यक्रम सञ्चालन गरीदैं आएको छ । संस्थामा १६०० सदस्य रहेका छन् । निजका आश्रीत समेत ६००० जना व्यक्तिको प्रत्यक्ष संलग्नता संस्थामा रहेको छ । संस्थाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ६०० भन्दा वढीको रोजगारी श्रृजना भएको छ । संस्था भक्तपुर जिल्ला मध्यपुर थिमी न.पा.–१५ , गठ्ठाघरमा आफ्रनै भवनमा सञ्चालनमा रहेको छ ।
Copyright 2012 Annapurna Multiple Co-Operative Society Limited.
Bhaktapur , Nepal.
Counters
Visiters are being Counted.

Developed by UMESH TIMALSINA